काठमाण्डौं– एनआइसी एसिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।
अब एनआइसी एसियाका ग्राहकले बैंकका सबै शाखाबाट सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बिमालेख खरिद गर्न सक्नेछन्।
सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र इन्स्योरेन्सका नायब प्रबन्ध निर्देशक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे।
एनआइसी एसियाले दुई सय ६६ शाखा, दुई सय ७६ एटिएम, ३७ एक्सटेन्सन काउन्टर र १८ शाखारहित बैंकिङ एकाइमार्फत देशभर सेवा दिइरहेको जनाएको छ।
FACEBOOK COMMENTS