काठमाडौं ।नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डले आफ्ना लगानीकर्ताहरुको लागि नयाँ अवसर ल्याएको छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा एनआईबीएलले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने अवसर ल्याएको हो ।
यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउन सक्नेछन् ।यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ ।यो योजना साल असार २० गतेदेखि २०७८ साल असार २४ गतेसम्म मात्र लागु हुनेछ ।
यस योजनाको नतिजा साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभ मार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ ।
यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा मार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ ।थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital .com तथा मुख्य कार्यलय (फोन नम्बरस्( ०१४४२५२८०) मा सम्पर्क गर्न सकिने छ ।
FACEBOOK COMMENTS