![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यले एनआईसी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ ।
संध्याकालीन काउण्टर मार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समय भन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने छन् ।
अब एनआईसी एशिया क्यापिटलको बबरमहल, काठमाडौँ स्थित कार्यालयमा आईतबार देखि बिहीबार सम्म बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ बजे देखि बेलुका ६ बजेसम्म खुल्नेछ ।
शुक्रवार भने बिहान १० बजेदेखि दिउसो १ बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो २ बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछ ।
यस मार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, सेयर प्रमाणपत्र तथा लाभांश विवरण, सेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै एनआईसी एशिया क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछ ।
सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS