काठमाडौं, चैत २७ – एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत वर्षको निर्णयबाट सिफारिस भएअनुसार राष्ट्रपतिबाट उक्त सम्मान प्रदान गरिएको हो । २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएको भए पनि कोरोना महामारीका कारण उक्त विभूषण आज राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहका बीच प्रदान गरिएको हो ।
यसैगरी, सोही समारोहका बीच राष्ट्रपति भण्डारीले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिएको छ ।
FACEBOOK COMMENTS