
एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्तउपस्थिति स्थापितगर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाप्रदानगर्दै आईरहेकोे छ। सोहि क्रममा बैंकले रुपन्देही जिल्ला,शुद्धोधनगाउँपालिकाको भुजौलीमा आपm्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले शुद्धोधन गाउँपालिकाको भुजौलीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका थिए । उक्तशाखा रहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले गंगा ढकाल लाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्गसेवा बाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालेआफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवालिन साथै सो सेवाबाटबैंकिङ्ग कारोवारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्यगरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्गकारोवारको विकास हुने विश्वास बैंकले लिएको छ
FACEBOOK COMMENTS