काठमाडौं, कार्तिक २८ – एनआईसी एशिया बैंक लिमटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते बोलाएको छ ।
सभा बैंकको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट उपस्थित हुनसक्ने गरी शेयरधनीहरुलाई आईडी र पासवर्डको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
साधारण सभा प्रयोजनाको लागि बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले सो सभामा उपस्थित हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS