काठमाडौं, वैशाख ५ – एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (एनआईसी एसिया मोबाईल बैंक)मा सहज डिजिटल कारोबारको अलवा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘कस्टोमर केयर’ को सुरुवात गरेको छ ।
आफ्ना लाखौं ग्राहक महानुभावहरूको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले (एनआईसी एसिया मोबाईल बैंक) मार्फत यस नवीन कार्यको थालनी गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस ‘कस्टोमर केयर’ बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ ।
बैंकको (एनआईसी एसिया मोबाईल बैंक)एप भित्र रहेको यस ‘कस्टोमर केयर’ आइकनमा ट्याप गरेपश्चात् च्याटबट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, ईमेल सुविधा रहेका छन् ।
FACEBOOK COMMENTS