काठमाडौं, कार्तिक २७ – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले चालु आवको पहिलो त्रैमासमा खुद नाफा ६४ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २१ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवको सोहि अवधिमा ३४ लाख ९४ हजार रुपैयाँ कमाएको हो ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी र सञ्चालन मुनाफा बढेर क्रमशः ६७ लाख ९ हजार रुपैयाँ र ५७ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी बढेर १.२३ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १.७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ घटेर १०२.९९ रुपैयाँमा झरेको छ ।
FACEBOOK COMMENTS