काठमाडौं, भदौ २७ । नेपाल–इजिप्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिज (एनईसीसीआई) ले हालै इजिप्टका विभिन्न कम्पनीहरूसँग सम्झौता तथा छलफल गरेको छ ।
एनईसीसीआईको व्यापारिक भ्रमण टोलीले इजिप्टको कायरोमा रहँदा अन्तर्राष्ट्रिय कन्स्ट्रक्सन ट्रेड फेयर ‘दि बिग फाइभ’ को अवलोकन तथा छलफल गरी ती कम्पनीहरूसँग सम्झौता गरी स्वदेश फर्केको हो ।
टोलीले त्यहाँस्थित इजिप्ट एम्बेसी नेपाल र नेपाल एम्बेसी कायरो इजिप्टसँग सहकार्य गरी फेडेरेशन अफ इजिप्सियन चेम्बर अफ कमर्स (एफईडीसीओसी) र कायरो चेम्बर अफ कमर्सका प्रतिनिधिहरू तथा इजिप्सियन व्यवसायीहरूसँग आपसी छलफल तथा बीटुबीमा भाग लिएको थियो ।
कार्यक्रममा एफईडीसीओसीका सेक्रेटरी जनरल तथा सीईओ डा। आलाद इज, कायरो चेम्बरका महासचिव, नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल तथा इजिप्ट सरकारको तर्फबाट उद्योग तथा व्यापारमन्त्री लोब्ना इसाम हसनको उपस्थिति रहेको थियो ।
सो अवसरमा एनईसीसीआईका अध्यक्ष तथा टोलीनेता अखिलकुमार चापागाईंले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले त्यहा उपस्थित इजिप्सियनहरूलाई नेपालमा वैदेशिक लगानी, नेपाली वस्तुको निर्यात तथा भ्रमण वर्ष २०२० का बारेमा जानकारीसमेत गराए । भ्रमण टोलीमा चापागाईंलगायत नेपालका विभिन्न व्यासायिक क्षेत्रका १६ सदस्यको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS