काठमाडौं, जेठ १ – एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाइसी अपडेट गर्न सक्ने भएका छन् । त्यसका लागि बैंकले नेपालको डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न अनलाइन केवाईसी अघि सारेको छ ।
यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफ्नो घररकार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् ।
ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू ओम्नि च्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।
यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् ।
केवाईसीका लागि डिजिटल लिंक यहाँ क्लिक गर्नुहोस् ।
‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकमा नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्छन ।
‘हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनाका साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु हो’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS