![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
एनएमबि बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारण सभा बिहिबार नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३÷७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको छ ।
बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी रु. ८. अरब ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS