काठमाडौं, माघ २७- एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। यस सम्बन्धमा दुवै बैंकबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
‘क’ वर्गको बाणिज्य बैंक एनएमबि बैंकले कैलाली, कञ्चनपुर, डलेलधुरा, बैतडी र डोटी पाँच जिल्लाका कार्यक्षेत्र भएको ‘ख’ वर्गको बैंक कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको हो ।
एनएमबि बैंक बिगत २५ बर्ष देखि बैंकिङ्ग कारोवार गरिरहेको संस्था हो भने कञ्चनपुर जिल्ला, महेन्द्रनगर स्थित मुख्य कार्यालय रहेको कन्चन डेभलपमेन्ट बैंक विगत १० बर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आइरहेको संस्था हो। यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।
एनएमबिको १०० रुपैयाँ बराबर कञ्चनको प्रतिसेयर मूल्य(स्वाप रेसियो) ८५ रूपैयाँ तय भएको जनाइएको छ । एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो । बैंकले ६ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य राखेको स्रोतको भनाई छ।
FACEBOOK COMMENTS