काठमाण्डौं– एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत” एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ ।
विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको हो ।
“एनएमबि सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा लक्षित छ, जस अन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान प्राप्त गर्न सकिनेछ ।
साथै उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउनेछ ।
फलस्वरुप विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
कर्जाका अतिरिक्त कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी एनएमबि बैंकले बैंकिङ्ग क्षेत्रमा नौलो “अग्रणी महिला कृषि कर्जा” पनि संचालनमा ल्याएको छ ।
यसै गरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुबिधा प्रदान गर्ने उद्देश्यले “एनएमबि सहारा बचत खाता” अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम१० लाखसम्मकोे विमा सुविधा उपलब्ध गराउने छ ।
FACEBOOK COMMENTS