काठमाडौं । एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फरफराएको छ।बैंकले ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पामार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो। शेर्पाले सगरमाथामा फहराएको झन्डका बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाई हस्तान्तरण गरेका छन्।
कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशवराज पौडेल , आशुतोष शर्मा तथा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति थियो। कार्यक्रममा ग्रीष्मकालमा माउन्ट केटुको सफलतापुर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाईसमेत सम्मान गरिएको थियो।
FACEBOOK COMMENTS