काठमाडौं, माघ १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी )सदनबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिँदै उनले यसै अधिवेशनबाट एमसीसी अनुमोदन गर्नुपर्ने बताए । ‘हाम्रा कामहरुलाई संसदले पनि सरकारले पनि तीव्र गतिमा अगाडि बढाउन जरुरी छ। अब ढिला गरेमा हामी पछाडि पछौं ।
प्रतिनिधिसभाको मंगलवार भएको बैठकमा ६/७ जना प्रधानमन्त्रीको पालादेखि बाँकी रहेको एमसीसी परियोजना पारित गर्नुपर्ने र विकासको काममा पूर्ण ध्यान दिनुपर्ने भएकाले यसतर्फ सभामुखको सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।
उनले एमसीसीलगायत अन्य विभिन्न विधेयकहरु पनि तीव्रताका साथ पारित गर्नुपर्नेमा जोड दिए। ओलीले ठूला असहतिका बावजुद सहमति जुटाउँदै दलहरु यस ठाउँमा उभिएको बताए । दलहरुबीचको सम्पूर्ण एकतामा जोड दिँदै उनले सबै परिवर्तन एकताबाटै सम्भव भएको दृष्टान्त दिए ।
‘हाम्रो समाजको चरित्र पनि त्यस्तै छ, हामी संघर्ष गरेर पनि अन्तिममा सहमतिमा पुग्छौँ’, उनले थपे, ‘२००७ सालमा आन्दोलन र सशस्त्र संघर्ष भएर सम्झौतामा टुंगियो। जो राणाविरुद्ध आन्दोलन गरियो, उनैलाई प्रधानमन्त्री बनाइयो। जो राजा भागेका थिए, उनैलाई गद्दीमा ल्याएर राखियो, सहमति गरे।’
FACEBOOK COMMENTS