काठमाण्डौं– सरकारले पछिल्लो समय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सारमा यात्रुको समान जाँचमा निकै कडाइ गरेको छ ।
तोकिएको भन्दा बढी परिमाणमा समान ल्याए जफत गरेर राखिदिने काम भइरहेको छ । विमानस्थल भन्सारका हाकिम गर्वका गर्छन् सामान जफत गर्न पाएकोमा ।
राजस्वको लक्ष्य भेट्न मुस्किल भएपछि सरकारले विमानस्थलमा आउने यात्रुलाई तोकिएको भन्दा बढी समान ल्याउन दिन निषेध गरेको सरकारी अधिकारीहरु बताउँछन् ।
विशेष गरी विदेशमा काम गरेर फर्किएका नेपालीले दुःख गरे पनि घरपरिवार संग खुसी साटसाट गर्न विदेशबाट कोशेली बोकी आएका हुन्छन् ।
नेपालमा विदेश वाट आउनेले इस्ट मित्र संग बसेपछी विदेशि रक्सी खाने चलन छदै छ । यसैले वाहिरवाट आउने नेपालीले ईन्टरनश्नल एर्पोट वाट पाउने सुविधा अनुसार २ वोतल रेडलेवल वा ब्ल्याक लेवल ल्याउने गरेका छन् ।
तर यसको भित्रि पाटो आर्कै रहेको तथ्य कर्पोरेटले पाएको छ ।
रेडलेवलको नेपालको डिट्रीव्युटर विशाल ग्रुप रहेको छ । विशाल ग्रुपले ग्लोबल ट्रेडिङ कन्सनको नामबाट नेपालमा विक्री वितरण गर्दै आएको छ ।
तेब्बर नाफा खाएर बेच्दै आएको विशाल ग्रुपले, रेडलेवल यात्रु स्वयम आफैले बोकेर ल्याउँदा नेपालका व्यवसायीलाई घाटा भएको भन्दै कडाईगर्न सरकारलाई लगाएको बुझिएको छ ।
सरकारले जफत गरेका समान फेरी सस्तोमा विशाल ग्रुपले नै उठाउँने र महंगोमा बेच्ने गरेको पाईएको छ ।
विशाल ग्रुपले सरकारी अधिकारी संग सेटिङ मिलाएर दोहोरो फाईदा लिएको एक व्यवसायीले बताए ।
सर्वसाधरण जनताले पनि केशेलिको रुपमा विदेशबाट ल्याएको समान ा सरकारले छापामार शैलीमा ‘लूट’ मच्चाएको गुनासो छ ।
किन यात्रीलाई सास्ती ?
विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुर भन्छन्ः
हामिले कानुन अनुसारनै जफत गरेका हौ । पहिलो दिनमै सयौं बढी रक्सीका बोतल आउँथे । हामीले कडाइ गरेपछि अहिले दैनिक कहिले ५÷७ बोतल त कहिले १०÷१२ बोतल मात्रै जफत हुन्छ । विस्तारै तोकिएभन्दा बढी सामान ल्याउने क्रम घट्दै गएको छ । केहीले थाहा नपाएर ल्याउनुभएको हुन्छ भने कतिले थाहा पाई–पाई पनि ल्याउनुहुन्छ । जे होस् कानुनले तोकेको परिणामभन्दा बढी ल्याउनेबाट हामीले जफत गर्ने क्रम जारी छ । तर, अब पहिलो जस्तो छैन, सामान्य अवस्थामा आइसक्यो ।
सबैले कानुन जान्नुपर्छ । यसबारे हाम्रै वेबसाइटमा पनि पर्याप्त जानकारी राखेका छौं । त्रिभुवन विमानस्थलको वेबसाइटमा पनि यसबारे जानकारी दिएका छौं । यस्तै विभिन्न सञ्चार माध्यमबाट पनि झिटीगुन्टा आदेशबारे पर्याप्त समाचार सम्प्रेषण भएका छन् ।
त्यतिले मात्रै पुग्दैन भनेर नेपाल आउने विदेशी एयरलाइन्सहरुलाई पनि औपचारिकरुपमै नेपालको भन्सारका नियमहरुबारे जानकारी दिएका छौं । कतार, थाइल्यान्ड, मलेसिया, हङकङ, दुबई सबैतिरबाट आउने वायुसेवालाई भन्सारमा गरिएको कडाइबारे जानकारी दिएर आफ्नो यात्रुलाई सेचत गर्न भनेका छौं ।
यस्तै, हामीले चीन र भारतको दूतावासमै पत्र लेखेर यसबारे जानकारी दिएका छौं । हामीले प्रयास कम गरेका हैनौं । धेरैलाई यो कुरा थाहा पनि हुँदै गएको छ । त्यसैले अवैधरुपमा आउने झिटीगुन्टा निकै कम पनि भएको छ ।
हो–हल्ला केहि समयको लागि हो कि भन्ने प्रश्नमाः
पहिले त्यस्तो भयो । अब त्यस्तो हुँदैन । ऐनमा ज लेखिएका छन्, अक्षरसः पालना हुन्छ । पहिले लेखिएका कुरा पनि कार्यान्वयन नगर्दा अहिले समस्या भएको जस्तो देखियो । तर, अब भविष्यमा पनि हामी यस्तो कडाइलाई निरन्तरता दिन्छौं । नियम कानुन मिच्ने छुट कसैलाई कहिल्यै हुँदैन । हामी विमानस्थलमा लगातार यो निगरानी जारी राख्छौं । विदेशबाट जति पनि सामान ल्याउनुस् भन्न सकिँदैन ।
FACEBOOK COMMENTS