काठमाण्डौँ — एलआईसी नेपालले ‘रहनेछ साथ, जीवनपश्चात्’ भन्ने सन्देशका साथ ‘जीवन साथी’ नामक जीवन बिमा योजना बजारमा ल्याएको छ ।
१८ देखि ६० वर्ष उमेरका व्यक्तिले यो जीवनबिमा योजना लिन सक्ने जारी विज्ञप्तिमा छ ।
न्यूनतम बिमांक रकम २ लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम बिमांकको सीमा बिमा अन्डरराइटिङ नियमअनुसार जति पनि लिन सकिने जनाइएको छ ।
यस योजनामा बिमा अवधि १५ वर्षको हुने कम्पनीले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS