काठमाडौं, बैशाख ४- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष एसियाली देशको विकासमा ठूलो असर पर्ने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको महामारीले एसियाली अर्थतन्त्रमा ६० वर्षयता पहिलो पटक विकास दर शून्यमा झर्ने भन्दै आईएमएफले चिन्ता व्यक्त गरेको हो ।
सन् २००८ को वित्तीय संकटयता यता एसियाको आर्थिक वृद्धिदर औसतमा चार दशमलव ७ प्रतिशत रहँदै आएको मा घटेर १ दशमलव ३ प्रतिशतभन्दा पनि कम हुनेछ । महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण आईएमएफले गरेको हो । तर कोरोना भाइरस रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एसियाली देशको विकास दर बढ्ने आईएमएफले जनाएको छ ।
यो महामारीले धेरै मानिसलाई गरिबीको दिशामा धकेल्ने भन्दै चिन्तित छ । यो महामारीको कारण यसवर्ष दुई करोड ४० लाखभन्दा कम मानिस गरिबीको रेखाबाट बाहिर आउने अनुमान गरेको छ । यो अवस्थामा मुलुकको अर्थतन्त्रमा सुधारको लागि परिवार र कम्पनीहरुलाई सम्बन्धित मुलुकले सहयोग गर्नुपर्ने आईएमएफले जनाएको छ ।
कोरोना भाइरसका कारण सन् २०२० र २०२१ मा गरी विश्व अर्थव्यवस्थाले ९ ट्रिलियन डलर नोक्सानी बेहोर्नुपर्ने कोषको अनुमान छ । विश्व बैंकले दक्षिण एसियाली देशले ४० वर्षयताकै खराब आर्थिक सङ्कट खेपिरहेको चेतावनी दिएको एक दिनपछि आईएमएफको प्रक्षेपण सार्वजनिक भएको हो ।
FACEBOOK COMMENTS