![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं- नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याजमै १० वर्षसम्म भूकम्प पीडितलाई कर्जा दिने प्रक्रिया अघि बढाएको छ ।
बैंकले भूकम्प पीडितका अतिरित्त बाढी पीडित र अग्नी पीडितलाई दिने समेत सहुलियत व्याजदरको आवास कर्जाको अवधि पनि १० वर्ष पुर्याउन पहल गरेको छ ।
नेपाल राष्ट्र बैंक एेन २०७३ मा आवश्यक संशोधन गरी विपत्मा परेका नागरिकलार्इ आवास निमार्ण गर्न दिन पुर्नकर्जाको अवधि १० वर्षसम्म गर्न लागिएको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए ।
बैंक तथा वित्तीय संस्थाहरूले भूकम्प पीडितसँग १२ देखि १४ प्रतिशन व्याज लिन थालेका थिए । व्याज बढेपछि भूकम्प पीडितहरूको गुनासो राष्ट्र बैंकमा आएको, यो विषयमा संसद्मा पनि आवाज उठेकोले एेन संशोधन गरी एउटा बुँदा थप गर्न राष्ट्र बैंकले अर्थ मन्त्रालयमा सिफारिस गरेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS