काठमाडौं, माघ १०- प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच मिलेर अघि बढ्नेबारे छलफल भएको छ।
स्रोतका अनुसार शुक्रबार नेकपाले काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको विरोध सभालगत्तै प्रचण्ड र डा. भट्टराईबीच लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच संयुक्त संघर्ष गर्ने विषयमा आधा घण्टाभन्दा बढी समय छलफल भएको स्रोतले जानकारी दिएको छ।
डा. भट्टराईले पनि ट्विट गर्दै भेटवार्ता भएको पुष्टि गरेका छन्।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपाकाे प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ/संगठन एक्लाएक्लै आन्दोलन गरिरहेका छन्।
FACEBOOK COMMENTS