काठमाडौं, असोज २३ – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाउदै आफुले प्रमाण दिन सक्ने बताएका छन ।
पुर्व प्रधानमन्त्री भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईले भने ।
पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ताभेटघाटका क्रममा उनले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा प्रचण्डले बिलौना गरेको खुलासा समेत गरे ।भट्टराईले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप पनि लगाए ।
FACEBOOK COMMENTS