काठमाडौं, पुस १८ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा तानाशाही प्रवृत्ति देखिएको बताएका छन् ।
पछिल्लो समय संसद विघटन गरेपछि ओलीको चर्को आलोचना गरिरहेका पौडेलले सामाजिक सन्जाल ट्विटरमा यसबारे लेखेका छन् ।
उनले ट्विटरमा प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति भएको लेखेका छन् ।
अनि थपेका छन्, प्रधानमन्त्री ओली अब नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।
FACEBOOK COMMENTS