काठमाडौं, २२ फागुन- प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि उपाध्यक्ष बामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् । अध्यक्ष ओली स्वयं शुक्रबार उनको निवास गई गौतमलाई आजको संसदीय दलको बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।
नेकपा विभाजित भएपनि गौतम कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा छन् ।
प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई हिजो संसदीय दलको नेताबाट हटाएको थियो । त्यसको भोलिपल्ट आज ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको छ ।
FACEBOOK COMMENTS