काठमाडौं, पुस २१ – औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा उद्योगी पवन गोल्यान नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्ले गोल्यानलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहने व्यवस्था रहेको छ ।
बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयहरुका सचिवहरु साथै केही निजी क्षेत्रका संगठनहरुका अध्यक्षहरु समेत सदस्य रहने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार गोल्यान बोर्डमा सदस्याका रुपमा नियुक्त भएका हुन् । बोर्डमा एक जना महिना पनि नियुक्त गर्न सक्ने कानूनी व्यवस्था छ ।
बोर्डले औद्योगिक प्रवर्द्धन,लगानीको संरक्षण,अभिवृद्धि तथा औद्योगीकरण सम्बन्धी नीतिगत निर्णय गर्ने, उद्योग सम्बन्धी कानूनको कार्यान्वयनमा कुनै बाधा,अड्चन वा द्विविधा आएमा त्यसको समाधान गर्न ससहजीकरण गर्नको काम गर्दै आएको छ ।
FACEBOOK COMMENTS