काठमाडौं, असोज ९ – नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त दिने समय थप गरिएको छ। महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धा प्रतियोगीद्वारा पदपूर्ति गरिने भएकाले योग्यता भएका इच्छुक व्यक्तिले २१ दिनभित्र कार्यालय समयमा सरकारी उद्योग तथा संस्थान शाखामा रीतपूर्वको दरखास्त दिन भदौ ३ गते पहिलो पटक विज्ञापन गरिएको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार अर्को सूचना निकाल्दै आवेदन दिने समय थप गरेको जनाएको छ।
मन्त्रालयले थप १५ दिनको समय दिएको हो। कोरोना भाइरसको संक्रमणका कारण पर्याप्त मात्रामा दरखास्त नपरेको भन्दै मन्त्रालयले समय थप गरेको जनाएको छ।
महाप्रबन्धक पदका मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सशास्त्र, जनस्वास्थ्य, फार्मेसी, इन्जिनियरिङ, सार्वजनिक प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमा स्नाकोत्तर उतीर्ण गरेको वा चाटर्ड एकाउन्टेन्सी उपाधी हासिल गरेको हुनुपर्छ । त्यस्तै, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ भने ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
FACEBOOK COMMENTS