नेपाल औषधी उत्पादक संघका अध्यक्ष दीपक दाहलले सभासद् कोमल ओलिलाई असव्द प्रयोग गरेर आफ्नो फेसबुकको वालमा पोष्ट गरे पछि सभासद् ओलिले यसको भर्सना गरेकी छिन् । हारेका कामरेडहरूलाई जनताका अगाडि फेरी हराउनु भन्दा राष्ट्रिय सभामा कोमल ओली जस्ता माननीयलाई पोइला पठाएर सांसद बनाउनु पर्ने तर्क दाहलले फेसबुकमा सार्वजनिक अभिब्यक्ती दिएका छन् । देशमा लामो समय पत्रकारीता र गायन क्षेत्रमा काम गरेर देशकै गहनाका रुपमा रहेकी सभासद् ओलिमाथि राखिएको अभिब्यक्तीमाथि सर्बत्र विरोध हुनथालेको छ ।
दाहलको यो भनाईले दाहल महिलामाथि कुन्ठा पालेर बस्ने मानिस भएको सजिलै बुझन सकिन्छ । पुरुष मात्र मानिस हो भन्ने मानसिक्ता बोकेका दाहलले आफ्नो मात्र नभएर सम्पूर्ण औषधि ब्यवसायीहरूकै अपमान गरेको ब्यवसायीहरु बताउँछन् । महिला अधिकार कर्मीहरुले प्रश्न समेत गरेका छन्, दाहल जस्तो सोच भएको ब्यक्तिले आफ्नो उद्योगमा महिलाहरूलाई कस्तो ब्यवहार गर्छन् होला । फेसबुक वालमा नै राजन वहादुर राउतले माननीय सांसद ओलिको पनि आफ्नो प्रष्टधारणा अभिब्यक्त आउने प्रश्न गरेपछी यहि प्रश्नमा सभासद ओलिले यस्तो आचरण भएको ब्यक्ति कसरी औषधी उत्पादक संघको अध्यक्ष भए अचम्म प्रकट गरे । अहिले देशमा यति धेरै बलात्कार बढि रहेको यस्तै दरिद्र सोचले भई राखेको सभासद् ओलिले बताए । सभासद् ओली दाङमा रहेकाले आफु काठमाण्डौं आएपछी यस विषयमा थप परार्मस गर्ने बताए छन् ।
FACEBOOK COMMENTS