![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ- नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा मासिक ८० करोड रुपैयाँ घाटा छ ।
अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमको घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो ।
निगमलाई ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको छ । यसअघि २ सय ८० रुपैयाँ घाटा थियो ।
लगातार मूल्य बढ्दै गएपछि निगमले सबैभन्दा धेरै घाटा ग्यासमा बेहोर्नु परेको हो ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ५१ रुपैयाँ बढेर आएको छ ।
प्रतिसिलिन्डरमा ३ सय ३१ रुपैयाँ घाटा भएकाले ग्यासमा मासिक घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो ।
निगमलाई मट्टितेल र हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थमा घाटा छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै डलरको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो ।
FACEBOOK COMMENTS