एजेन्सी, चैत्र १९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् ।
ह्वाइट हाउसमा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय ुनिकै असहज र चुनौतीपूर्ण हुनेु बताएका छन्। उनले अमेरिका ‘अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको’ बताएका छन्।
उनले आउँदो दुई सातामा अमेरिकामा ज्यान जानेको संख्या दुई लाख ४० हजारसम्म पुग्न सक्ने पनि बताए । विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन्। सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न अपिल गर्दै उनले वरिष्ठ स्वास्थ्य विज्ञका सल्लाहलाई पालना गर्दै भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गरे ।
तर सुरुमा यस भाइरसलाई ुमौसमी रुघाखोकीु भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन्।
ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रूरताबारे सचेत भएको बताएका छन्।
FACEBOOK COMMENTS