काठमाडौं, वैशाख ३ – कतारमा कोरोना संक्रमणबाट एकै दिन ९ जनाको मृत्यु भएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।
यहाँ पछिल्लो २४ घण्टा ९८९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ। ५९७ जनालाई निको भएको मन्त्रालयले जनाएको छ । कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९३ हजार ९५२ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ७१ हजार ९८५ रहेको मन्त्रालयले जनाएको छ।
कतारमा अहिले २१ हजार ६१० वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४८९ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।यो समाचार तयार पार्दासम्म ११ लाख ८३ हजार २९१ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।
FACEBOOK COMMENTS