![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ ।
कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याईएको हो ।
आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ ।
तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ ।
मैले कतारक धेरै उच्च अधिकारीहरुसँग भेट गर्दा प्रतिघण्टा ३० रियालसम्म कामदारका लागि दिएको पाएँ ।
तर कमदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ, कतारका लागि नपाली राजदुत रेशमप्रसाद कोईरालाले भने । कतारले सुरक्षाकर्मीका लागि १२ हजार रियाल झन्डै ३ लाख ८४ हजार रुपैयाँ सम्म भुक्तानी गरेको छ । -कान्तिपुर दैनिक
FACEBOOK COMMENTS