काठमाडौं – सरकारले १० दिनको समय माग गरेपछि कपडा उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय हाललाई फिर्ता लिएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले देशभरका उद्योग बन्द गरेर विरोधमा उत्रिएका उद्योगीसँग समस्या समाधान गर्न १० दिनको समय माग गरेका हुन् ।
मूल्य अभिवृद्धि करं(भ्याट) सहुलियत विवादकै कारण लामो समयदेखि सरकारसँग छलफलमा रहेका उद्योगी सरकारले उद्योगीको समस्या समाधान गर्न ध्यान नदिएको भन्दै विरोधमा उत्रिएका थिए ।
वार्षिक बजेटमार्पmत सरकारले कपडा उद्योगले पाउँदै आएको १३ प्रतिशतसम्मको भ्याट सहुलियत फिर्ता लिएपछि व्यवसायीहरूले प्रतिस्पर्धी बजारमा टिक्न नसक्ने बताउँदै आएका थिए ।
नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले ‘वार्तामा अर्थमन्त्रीज्यू सकारात्मक हुनुहुन्थ्यो, केही समय दिनुहोस् म संसद्मा छलफल गरेर बोलाउँछु भन्नुभएको छ । हामी आशावादी छौं ।’
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले चोरी पैठारी पूर्ण नियन्त्रण गरिएमा उद्योगीहरू संरक्षण माग्न नआउने बताएका छन् ।
FACEBOOK COMMENTS