काठमाडौँ, भदौ २९ – कपिलवस्तु जिल्लामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भिम अस्पताल भैरहवा र लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको कपिलवस्तु जिल्लाका कोभिड फोकल पर्सन कुमार थापाले जानकारी दिए।
थापाका अनुसार शिवराज नगरपालीका वडा ५ का ५८ वर्षीय पुरुषको भिम अस्पताल भैरहवामा उपचारका क्रममा आइतबार राती १० बजे मृत्यु भएको हो ।
उनलाई भदौ २२ गते कोारेना संक्रमण पृष्टि भएको थियो। उनी दमका बिरामी थिए।
त्यस्तै कपिवस्तु जिल्ला शिवराज नगरपालीका वडा न ५ निवासी ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो।
उनी ज्वरो, स्वासप्रस्वासमा समस्या भएर भदौ २१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन्। उनको सोही दिन कोरोना पोजेटिभ पुष्ट भएको अस्पतालले जनाएको छ। उनी मिर्गौलाकी बिरामी थिइन्।
यो सँगै कपिवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
FACEBOOK COMMENTS