![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता गरेका छैनन् ।
कर्जा सूचना केन्द्रका अनुसार कालोसूचीमा रहेका ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ ।
तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
तर, तीन महिनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा नै मानिन्छ ।
गत वर्ष मात्रै समयमा कर्जा लिएर नतिर्नेको संख्या करिब १९ प्रतिशतले बढे ।
पछिल्ला ५ वर्षमा ऋण नर्तिने ऋणीको संख्या बढे पनि वृद्धिदर भने घट्दो क्रममा देखिन्थ्यो । तर, गत वर्ष यस्तो वृद्धिदर थोरै बढी छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS