काठमाडौं, आश्विन ८ – कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि तीन दिनका लागि महाशाखा सिल गरिएको हो ।
‘महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको छ,’ मन्त्रालयका सचिव लोकनाथ पौड्यालले भने, ‘अन्य कर्मचारीको कन्ट्याक्ट टे्रसिङ र पीसीआर रिर्पोट नआउँदासम्मका लाग महाशाखा सिल गरेका छौ ।’
सचिव पौड्यालका अनुसार असोज ८, ९ र १० गते तीन दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।
FACEBOOK COMMENTS