काठमाडौं, चैत २०- कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बुधबार अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले अर्थमन्त्री युवराज खतिवडाबाट कोषको अध्यक्षको रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।
यसअघि कोषको सो पदमा शिशिरकुमार ढुंगाना रहेका थिए । हाल अर्थसचिवको पदमा सरुवा भएसँगै अर्थमन्त्री डा। खतिवडाले पुडासैनीलाई गत चैत ९ गतेको बैंठकमा अध्यक्षको रुपमा नियुक्त गरेका थिए ।
कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रवाधान रहेको भएपनि यसमा बहालबाला सचिवलाई नै त्यससको जिम्मेवारी दिने गरिएको छ ।
FACEBOOK COMMENTS