![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं-अर्थमन्त्री डा. युवराज खतिवडाले कर मात्रै बढाएर आर्थिक वृद्धि हासिल गर्न नसकिने बताएका छन् ।
आन्तरिक राजश्व विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले प्रदेश र स्थानीय सरकारलाई कर वृद्धि र खर्चमा संयमित हुन आग्रह गरेका हुन् ।
उनले भने– “प्रदेश र स्थानीय सरकारको जथाभावी कर सङ्कलनले वित्तीय सङ्घीयतामा नकारात्मक असर पर्छ । कर मात्र बढाएर आर्थिक वृद्धि गर्न सकिँदैन ।”
अर्थमन्त्रीले करको दरभन्दा दायरा बढाएर लगानीको वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS