काठमाडौं । नेपाली काँग्रेसमा महाधिवेशनका मतदाताका रूपमा रहने क्रियाशील सदस्यताको विवाद किनारा लगाउन निकै सकस भएकोे छ । गाउँ तथा नगरको वडा अधिवेशन सुरु हुन तीन साताको हाराहारी मात्र समय बाँकी रहे पनि पार्टीको क्रियाशील सदस्यता विवाद अझै मिल्ने स्थिति देखिएको छैन ।
पार्टीका प्रभावशाली नेताहरूले नै यसलाई आफ्नो हारजितसित जोडेपछि एक दर्जनभन्दा बढी जिल्लामा अझै क्रियाशील सदस्यताको विवाद ज्यूँका त्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण काँग्रेसको क्रियाशील सदस्यताको विवाद पाँच सयभन्दा बढी वडामा अझै कायमै छ ।
काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पार्टीका लागि क्रियाशील सदस्यताको विवाद मिलाएर १४औँ महाधिवेशन सम्पन्न गर्ने कुरा निकै सकस र चुनौतीपूर्ण भएको बताउछन् । संवैधानिक हिसाबले पनि भदौ १९ गतेभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता काँग्रेसलाई छ तर पार्टीका मतदाता क्रियाशील सदस्यताको टुङ्गो नै लाग्न नसकेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS