अन्जनराज न्यौपाने
तनहुँ फागुन २- नेपाली काँग्रेस पार्टीको ब्यास नगर सम्मेलन विपि स्मृति भवन ब्यास-३ दमौलीमा सम्पन्न भएको छ। उक्त सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रत्येक कार्यकर्ताहरुले ईतिहासलाई भन्दा भविष्य प्रति चिन्तित हुन जरुरी रहेको बताए ।
वरिष्ठ नेता पौडेलले निमुखालाई न्याय र विपन्न बर्गलाई आय्य पुर्याउन जरुरी रहेको बताउदै भने “गाँउ-गाँउमा रोजगारी गाँउमै आम्दानी पुर्याउन सके मुलुकको विकासको गति चाडै नै अघि बढने छ ।” उनले प्रत्येक काँग्रेसी कार्यकर्ताहरुले नेपाली काँग्रेस पार्टीको आदर्श प्रति पुर्णरुपमा बफादार भै आत्मसमीक्षा गरि राष्ट्रियता प्रति प्रतिबद्ध भै लोकतन्त्रको आदर्श, मूल्य मान्यताको आत्मसात् गर्दै समाजवादी भावना लिएर अघि बढनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले वर्तमान सरकार भ्रष्टाचारको खाल्डोमा सोझै फसेको बताउदै वर्तमान सरकार आँखा चिम्लेर निन्द्रामै यात्रा गरिरहेको आरोप समेत लगाए। उनले अनिधो भएर निन्द्रामै राजनैतिक यात्रा गर्दा गम्भीर दुर्घटना हुन सक्ने भन्दै सरकारको आलोचना समेत गरे ।
यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वन मन्त्री शंकर भण्डारीले पार्टीलाई शीरमा राखेर सुझबुझका साथ संगठन निर्माण गर्दा युवा शक्तिलाई प्रत्येक तह र तप्काहरुमा कार्यकर्ताहरुको सुझाब सल्लाह लिएर अघि बढनुपर्ने बताए । साथै, देशको अर्थतन्त्र दिन प्रतिदिन संकटमा धकेलिरहेको कुरा राखे । पार्टी भित्रको आन्तरिक विषय बस्तुलाई पार्टी भित्रै छलफल गर्नुपर्नेमा कार्यकर्ताहरु विभिन्न गुटउपगुटमा लागेर चियापसलका भट्टी,होटल, होटलमा र सार्वजनिक स्थलहरुमा फाल्टु गफ गर्दा अनुशासन हिनता बढने तर्क पेश गर्दै त्यसतर्फ सबै कार्यकर्ता सचेत रहनुपर्ने उनले औंल्याए।
लोकतान्त्रिक पद्धतिमा पार्टीको हारजित स्वभाभिक भएको बताउदै आगामी सरकार नेपाली काँग्रेसको बनाउन प्रत्येक जिल्लाका वडा, नगर, जिल्ला र केन्द्रीय तहहरुका सम्पुर्ण काँग्रेसी कार्यकर्ताहरुमा आत्मानुशासनपुर्वक विधि, विधान र पद्धतिमा सिमित रहेर लाग्नुपर्ने बताए । नीतिगत रुपमा पुनंविचार नगरे काँग्रेसको भविष्य पुर्णरुपमा संकटमा पर्ने उनको भनार्इ रहेको थियो ।
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार अधिनायकवादी , जनविरोधी घातक शैलीमा अघि बढेको बताए । जनतालाई आफ्नो अधिनमा राखेर मौलिक अधिकार ,मानवअधिकार र जन स्वतन्त्रता विरोधी गतिविधि संचालन गरि आँफुखुसी राज्य संचालन गरिरहेको आरोप उनको थियो । काँग्रेसमा एकता आवश्यक भएको बताउदै केन्द्रीय सदस्य भट्टराईले पार्टीमा गुटबन्दी र भाइबन्दीको तुरुन्तै अन्त्य हुनपर्ने धारणा राखे ।केन्द्रीय नेता देखि जिल्ला स्तरका नेताहरुले भागबण्डा र आपसी असमझदारी त्यागे मात्र पार्टी अघि बढने बताउदै केन्द्रीय सदस्य भट्टराईले सबै वडाका समस्या वडामै पुगेर समाधानमा लाग्नुपर्ने बताए।
नगर सम्मेलनमा संविधान सभा सदस्यद्धय रामचन्द्र पोख्रेल ,धुर्व वाग्ले , गण्डकी प्रदेशका सदस्यद्धय सरिता गुरुङ ,दोवाटे बिक, ,नेपाली काँग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने , नेपाल तरुण दलका जिल्ला अध्यक्ष विरबहादुर थापा, नेपाली काँग्रेसका जिल्ला कार्यबाहक सभापति जितप्रकाश आले, नेविसंघका केन्द्रीय महामन्त्री दिपक भट्टराई लगायतका वक्ताहरुले १५ बर्ष भन्दा बढि समयसम्म पनि नेविसंघ, तरुणदल, महिला संघ जस्ता पार्टीको सुभेच्क्षुक भातृ संगठनहरुले पुर्णता नपाएकोमा चिन्ता ब्यक्त गर्दै समयमै पुर्णता दिने प्रक्रियामा केन्द्रीय कार्य समिति लाग्नपुर्नैमा जोड् दिए। ब्यास नगर सम्मेलन कार्यक्रमको सभापतित्व पार्टीका ब्यास नगर समितिका सभापति शान्तिरमण वाग्लेले गरेका थिए।
FACEBOOK COMMENTS