काठमाडौं, २९ माघ – भारतको उत्तर प्रदेशस्थित एक गाउँमा ओछ्यानमा पिसाब गरेको भन्दै एक महिलाले आफ्नै ५ वर्षीय भतिजलाई निर्घात कुटपिट गर्दा ती बालकको मृत्यु भएको छ ।
३८ वर्षीया काकीले ओछ्यानमा पिसाब गरेको भन्दै मरणशन्न हुनेगरी कुटपिट गरेकी थिइन् । बालकको शव व्यवस्थापन भने महिलाले आफ्ना पिताको सहयोगमा गरेको खुलेको छ । प्रहरीले हत्या आरोपमा काकीलाई पक्राउ गरेको छ ।
घटना आइतबार भएको थियो । सोमबार बालककी आमाले उजुरी दिएपछि कुटपिट गर्ने काकीलाई प्रहरीले पक्राउ गरेको हो । उजुरीमा बालक प्रताव उनका काका शैलेन्द्र सिंहको घरबाट बेपत्ता भएको भनिएको थियो । शैलेन्द्रले पहिला त काकी नीरजको साथमा मेलामा गएका बेला उतैबाट बेपत्ता भएको प्रहरीलाई बताएका थिए ।
प्रहरीले मेलाको सीसीटिभी फुटेज हेर्न सुरु गर्यो । तर, नीरजका साथ कुनै बालक नभएको पाइयो । मेलामा नीरजको साथमा प्रतावलाई नदेखेपछि प्रहरीको अनुसन्धान काका काकीतिरै सोझियो ।
यता यशका परिवारलाई पनि ८ फेब्रुअरीमा मेलाबाट बेपत्ता भएको नीरजले जानकारी दिएकी थिइन् । अघिल्लो बिहानै उनले आफ्नो बयान बदलिन् । यशले विस्तरामा पिसाब गरेकाले घरबाट बाहिर निकाले ढाको बन्द गरेको बताइन् । आफूले ढोका खोलेपछि बालक गायब भएको बताइन् । प्रहरीले महिलाको बदलिँदो बयान र सीसीटिभी फुटेजलाई हेरेर महिलामाथि नै शंका गर्यो ।
सोधपुछका क्रममा उनले अन्तिममा आफ्नो अपराध स्वीकार गरिन् । नीरजले आफ्ना ६५ वर्षीय पिताको सहयोगले बालकको शल गाडेको बताइन् । मंगलबार नीरजका पितालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार नीरजले पहिला यशलाई मरणाशन्न हुने गरी कुटपिट गरेको र मृत्यु भइसकेपछि आफ्ना बुबालाई फोन गरेर शव व्यवस्थापन गरेको बयान दिएकी छन् ।
FACEBOOK COMMENTS