काठमाण्डौँ —नेपाल र भारत सरकारबीच रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
द्विपक्षीय सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्ताक्षर गरे ।
सो सम्झौतामा काठमाडौँ–रक्सौल रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि प्राविधिक तथा प्रविधिको प्रयोगसमेत भारत सरकारका तर्फबाट हुने उल्लेख छ ।
एक वर्षभित्र अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS