![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौंमा मोनो रेल बनाउन तिन वर्ष लाग्ने भएको छ ।
मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ।
तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले बिहीबार प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो।
काठमाडौं र ललितपुर महानगरका प्रमुखहरू विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनले सम्भाव्यता अध्ययनको प्रतिवेदन पढेर छिटै डिपिआरको पक्रिया थालनी गर्ने बताए।
सिआरसिसीले ६ महिनामा डिपिआर सकिने पनि प्रतिवेदनमा उल्लेख गरेको छ।
FACEBOOK COMMENTS