काठमाडौं, असोज २ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ८५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै ६१८ जनामा कोरोना संक्रमण देखिएको थियो।
काठमाडौंका ६९८ , भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए। यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ६१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।
FACEBOOK COMMENTS