काठमाडौं, २३ मंसिर – मंगलबार काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। २६३ महिला र ३३१ पुरुषसहित ५९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका ५९४ सहित १३ सय ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।
FACEBOOK COMMENTS