काठमाडौं, साउन ५ -पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १८६ जनामध्ये तीन जना काठमाडौं उपत्यकाका हुन् ।
FACEBOOK COMMENTS