काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ४५८ जना बिरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना संक्रमित थपिएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २,६३६ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
FACEBOOK COMMENTS