काठमाडौं, जेठ १८ – मंगलबार देशभर कोरोना भाइरसका ६ हजार ८५ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा १ हजार ५५८ जनासहित बागमती प्रदेशमा २ हजार ५२४ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा १ हजार ६० जना, ललितपुरमा २८३ जना र भक्तपुरमा २१५ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै मंगलबार काभ्रेपलाञ्चोकमा २३२, चितवनमा १७४, दोलखामा ५५, धादिङमा ७४, नुवाकोटमा ७९, मकवानपुरमा ११६, रसुवामा ३, रामेछापमा ९४ जना, सिन्धुपाल्चोकमा १०८ र सिन्धुलीमा ३१ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS