काठमाडौं, १४ जेठ । शुक्रबार देशभर कोरोना भाइरसका ६ हजार ९५१ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा २ हजार ३२४ जनासहित बागमती प्रदेशमा ३ हजार ६३० जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा १ हजार ७९६ जना, ललितपुरमा ३१५ जना र भक्तपुरमा २१३ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै शुक्रबार काभ्रेपलाञ्चोकमा ३९२, चितवनमा १५१, दोलखामा १०१, धादिङमा ९८, नुवाकोटमा ८९, मकवानपुरमा ११८, रसुवामा १२, रामेछापमा १७ जना, सिन्धुपाल्चोकमा २५६ र सिन्धुलीमा ७२ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS