काठमाडौं, जेठ ३ – सोमबार देशभर कोरोना भाइरसका ९ हजार २४७ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ३ हजार ९८ जनासहित बागमती प्रदेशमा ३ हजार ६२२ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ३४६ जना, ललितपुरमा ४५४ जना र भक्तपुरमा २९८ जना संक्रमित थपिएका हुन् ।
सोमबार काभ्रेपलाञ्चोकमा ९१, चितवनमा ६७, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ७५, मकवानपुरमा १२४, रसुवामा ०, रामेछापमा ५४ जना, सिन्धुपाल्चोकमा ५८ र सिन्धुलीमा ३६ जना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ९,२४७ जनामा संक्रमण पुष्टि
FACEBOOK COMMENTS