काठमाडौं । शनिबार देशभर कोरोना भाइरसका २ हजार १६९ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ४१४ जनासहित बागमती प्रदेशमा ६११ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ३०३ जना, ललितपुरमा ६० जना र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन् ।
अघिल्लो दिन काठमाडौं उपत्यकामा ५,५६२ जना संक्रमित थपिएका थिए
त्यस्तै शनिबार बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा २५, चितवनमा ११२, दोलखामा १३, धादिङमा ९, नुवाकोटमा ३, मकवानपुरमा १४, रसुवामा १, रामेछापमा ९ जना, सिन्धुपाल्चोकमा १० र सिन्धुलीमा १ जना संक्रमित थपिएका छन् ।
यो पनि पढ्नुहोस्–
शनिबार थप २१६९ जनामा कोरोना संक्रमण पुष्टि, १४३२ जना निको हुँदा २२ जनाको मृत्यु
FACEBOOK COMMENTS