काठमाडौं, १६ असोज । काठमाडौं उपत्यका आसपासमा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार साँझ ७ बजेर ५८ बजे सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।
४.६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको पाङफुङ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि शुक्रबार सिन्धुपाल्चोकको जेठल केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको थियो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।